Copyright © 2010 shyam's blog by Ashesh | Login
संरक्षण गीत: नेपाली जीवन
कालोमा कालो कोदाको बालो टिप्नलाई गा¥हो भो
दुखी यो जीवन पहाडको ठाउ“मा बस्नलाई गा¥हो भो
हो हो हो बा“च्नलाई गा¥हो भो । १
यता नि पहिरो उता नि पहिरो ढुड्डाको ओईरो छ
कतै जाउ“m भने जाने ठाउ“ छैन मनमा पिर गहिरो छ
हो हो हो मनमा पिर गहिरो छ । २
पुस्तक समीक्षा : जीवन र मृत्युको सन्दर्भमा
डा. सौरभ आचार्य
सन्दर्भ जीवन र मृत्युको हो, र सन्दर्भ कवि श्यामसुन्दर श्रेष्ठको हालसालै प्रकाशित कविता संग्रहको हो । यदि जीवनलाई तन्किएको वाद्ययन्त्रको तारसँग तुुलना गर्ने हो भने हामी हाम्रो नियतिको दुई टुङ्गो बिच त्यसरी नै तन्किएको हुन्छौ, र विविध भावका जीवन संगित प्रवाह गरिरहेका हुन्छौं । यस्तै कुनै महान् आयोजना बिच च्वाट्ट चुँडिन्छ जीवनको तार । एकछिनको स्तब्धता, अनि संसार फेरि पुरानै क्रममा चलिरहन्छ । तर महत्व कुन कुराले राख्छ भने आफ्नो धुुनले कति जनाको ह्रदय छुन सक्यौं, कतिका संवेदनाहरुमा तरंगित हुन सक्यौं । कवि श्यामसुन्दरको सुन्दर जीवनको एउटा मधुर धुनको रुपमा आएको छ, यो कविता संग्रह “जीवन र मृत्युको संदर्भमा” ।
सबै जसो कविताहरु आजभन्दा दुई दशक पहिले लेखिएका छन्, तर भावहरु भने उत्तिकै शाश्वत लाग्छन् आज पनि । मृत्युलाई पनि जीवन जतिकै महान् सत्यका रुपमा स्वीकारेका छन् कविले, र यही चेतनाले नै उनलाई जीवनका प्रत्येक क्षणहरुमा अन्धकारबाट उज्यालोतिरको यात्रामा प्रेरित गरिरहेको देखिन्छ । हरेक बाँच्नुमा बाँच्नुको सार्थकता खोजिएको छ कविताहरुमा ।
हामी युगको अत्यन्त महत्वपूर्ण बिन्दुमा छौं । आज नयाँ देश बनाउने संपूर्ण अभिभार हाम्रो काँधमा छ । क्रान्तिको श्रृंखला सकिएको छैन, बास्तविक अर्थमा कठिन यात्रा बल्ल शुरु भएको छ । अटुट साहस, र अनवरत जोशले रक्तसिंचित हुनु पर्दछ हामी नेपालीे र मात्र नयाँ नेपालको सुन्दर सपनाले सजीव आकार लिएको हामी पाउने छौं । र कविले भने जस्तै “त्यो अवश्य ल्याइने छ”, मुक्तिको राँको दन्किएपछि हठात् अन्त भएको रात पछिको झिसमिसमा हामी छौ, र सुन्दर विभेद रहित मुक्त दिनबाट धेरै टाढा छैनौं ।
Continue Reading »अन्तराष्ट्रिय पर्वतीय दिवसको उपलक्ष्यमा विद्यालय कार्यक्रम २६ मार्ग २०६६
आयोजक ः जिल्ला भू संरक्षण कार्यालय काठमाडौं, नेपाल ।
ूम्ष्कबकतभच च्ष्कप ःबलबनझभलत ष्ल ःयगलतबष्ल ब्चभबकू अर्थात् “पर्वतीय क्षेत्रमा प्रकोप खतरा ब्यवस्थापन” भन्ने नाराका साथ २०६६ मार्ग २६ गते अर्थात् ११ दिसेम्वर २००९ अर्थात् अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा श्री बज्रयोगिनी आमावि सुन्टोल ७ साँखुमा विद्यालय संरक्षण शिक्षा र संरक्षण हाजिरीजवाफ प्रतियोगिता सहित सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त कार्याक्रम सो विद्यालयमा २०६६ मार्ग २५ र ऐ २६ गते दुई दिन संचालन भएको थियो ।
पहिलो दिन अर्थात् २०६६ मार्ग २५ गते कक्षा ८ र ९ का ६० जना विद्यार्थीलाई कार्यालय प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले कार्यालयको परिचय, उद्देश्य, कार्यनीति र कार्यक्रम बारे संक्षिप्तमा जानकारी गराउनु भयो भने सहायक भू संरक्षण अधिकृत श्री राजकुमार रोकाले भू संरक्षण वारे सैद्धान्तिक ज्ञान दिनु भयो । यसै गरी भू संरक्षण सहायक श्री विनोद ज्ञवालीले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको वारेमा ती विद्यार्थीलाई जानकारी गराउनु भयो । उक्त कार्यक्रममा यस कार्यालयलाई सहयोग पु¥याउनको निम्ति भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको तर्फबाट आउनु भएका श्री रञ्जन ढुंगेलले भूकम्पको वारे सैद्धान्तिक ज्ञान ती विद्यार्थीलाई दिनु भयो भने अर्का विशेषज्ञ श्री निराकार जोशीले भूकम्पबाट कसरी बच्न सकिन्छ ? क्षति कसरी न्युन गर्न सकिन्छ भन्ने जानकारी दिनु भयो । धन्यवाद ज्ञापन प्रा. स. श्री पदम दहालले गर्नु भयो । स्लाइड प्रोजेक्टरको सहयोगमा लिइएको उक्त कक्षाहरु निकै प्रभावकारी थियो ।
दोश्रो दिन अर्थात् २०६६ मार्ग २६ गते प्रशिक्षित कक्षा ८ र ९ का ६० विद्यार्थीहरुबाट एक छात्र र एक छात्रा गरी दुई जनाको ६ समूह बनाई संरक्षण हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको थियो । समूह विभाजन निम्न प्रकारले गरिएको थियो ः—
समूह नाम र थर कक्षा
ए श्री राम रावल ८
सुश्री पूजा थापा ९
बी विजय श्रेष्ठ ८
अनुषा थापा ९
सी आथिष खडका ८
श्रृजना खत्री ९
डी मञ्जु दुवाल ८
राकेश थापा ९
ई सुष्मा गुरुङ ८
सविन कार्की ९
एफ लितिशा श्रेष्ठ ८
विद्वेश नापित ९
उक्त संरक्षण हाजिरीजवाफ प्रतियोगितामा समूह ईले ८० अंक प्राप्त गरी प्रथम, समूह एफ ४५ अंक प्राप्त गरी द्वितीय र समूह डीले ४० अंक प्राप्त गरी तृतीय स्थान हासिल गरेका थिए । उक्त कार्यक्रममा ६७ जनाको उपस्थिति थियो ।
उक्त कार्यक्रममा कक्षा आठमा अध्ययनरत विद्यार्थी श्री राम रावलले “प्रकृति हुँ म” भन्ने कविता पाठ गर्नु भयो भने उक्त विद्यालयका शिक्षिका सुश्री सजनी श्रेष्ठको निर्देशनमा विद्यालयका विद्यार्थीहरुबाट स्वागत गीत नृत्य प्रस्तुत गरिएको थियो । उक्त स्वागत गीत नृत्यमा सेजल, पुष्पा, सोनिया, ज्ञानु र जश्मिनले नाचेका थिए । त्यस्तै वाल क्षेत्र नेपालका भाई बहिनीहरुबाट उनीहरुकै सामूहिक प्रयासबाट जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठले रचेको संरक्षण गीत “नेपाली जीवन” मा गायन बाद्यबादन र नृत्य प्रस्तुत भएको थियो । यसै गरी “लेकमा जाने साईंला दाइ”मा वाल क्षेत्र नेपालकी सीता तमाङले नृत्य प्रस्तुत गर्नु भएको थियो भने बज्रयोगिनी आमाविका संगिता र अस्मिताले “पानी मीठो मेरो हजुर” भन्ने गीतमा नृत्य पस्केका थिए ।
उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि तथा जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठले गर्नु भएको थियो भने सभापतित्व उक्त विद्यालयका प्रधानाध्यापक श्री मोतिलाल राईले गर्नु भएको थियो । उदघोषण श्री पदम दहालले गर्नु भयो । उक्त समारोहमा प्रमुख अतिथि, सभापति लगायत जिल्ला भू संरक्षण कार्यालयका भू संरक्षण सहायक श्री विनोद ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक श्री मुकुन्द विष्ट र विद्यार्थीको तर्फबाट सविन कार्काले बोल्नु भएको थियो । अन्तमा प्रमुख अतिथि तथा जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार र वाल क्षेत्र नेपाल हाम्रो गाउँ परियोजना तथा उक्त विद्यालयलाई ध्ध्ँ ल्भउब,ि क्ष्ऋक्ष्ःइम्, त्ःक्ष्, ल्भ्ँभ्व्, ल्क्भ्त्ले प्रदान गरेका पुस्तक र सिडीहरु उपहार दिनु भएको थियो । अन्त्यमा कार्यक्रम सफल बनाइ दिनु भएकोमा सवैलाई धन्यवाद दिंदै उक्त विद्यालयमा प्रधानाध्याक श्री मोतिलाल राईले कायक्रम समापन भएको घोषणा गर्नु भयो । कार्यक्रममा सवै सहभागीहरुलाई जलपानको ब्यवस्था पनि गरिएको थियो । कार्यक्रम घमाइलो चउरमा गरिएको थियो । कार्यक्रम अवधिभर मौसमले खुव साथ दिएको थियो ।
Continue Reading »अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट बागमती अञ्चलका आठ साहित्यिक स्रष्टाहरु सम्मानित
बनेपा, कार्तिक २० । महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोहको सन्दर्भ पारेर अलिमियाँ लोक बाङमय प्रतिष्ठान पोखराले बागमती अञ्चलका आठ साहित्यिक एवं साँस्कृतिक स्रष्टाहरुलाई सम्मान गरेको छ ।
“जनमत” बाटिकाको संयोजनमा बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा लोक गायिका श्रीमती हरिदेवी कोइरालाले अलिमियाँ लोक बाङमय प्रतिष्ठानको परिचय दिनु भएको थियो भने कार्यक्रमका संयोजक एवं जनमतका प्रधान सम्पादक श्री मोहन दुवालले सम्मानित आठ जना स्रष्टाहरुको परिचय दिनु भएको थियो । त्यसपछि सम्मानित स्रष्टाहरुले पनि आआफ्ना गीत कविता सहित मन्तब्य दिएका थिए । समारोहका अर्का आकर्षक लोक गायक श्री राजु परियारले अलिमियाँले रच्नु भएको एक गीत गाउनु भयो भने बनेपाकै लोक गायक श्री मच्छेश्वर सापकोटाले ब्यंगात्मक कविता तथा गीतहरु पस्कनु भयो ।
समारोहका प्रमुख अतिथि तथा नेपाली स्रस्कृतविद् श्री हरिराम जोशीबाट सम्मानित आठ स्रष्टाहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो भने अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष एवं अलिमियाँका जेष्ठ सुपुत्र श्री हनिफ मियाँले खादा तथा सयपत्री फूलको माला लगाई स्रष्टाहरुको सम्मान गर्नु भएको थियो । उक्त समारोहमा पोखराबाट प्रकाशित हुने गरेको राष्ट्रिय दैनिक आदर्श समाजका प्रधान सम्पादक श्री कृष्णप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम संचालन÷उदघोषण जनमतका सम्पादक श्री रामसुन्दर देउजाले गर्नु भएको थियो । समोहका सभापति तथा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष श्री हनिफ मियाँले आफ्ना पिता श्री अलिमियाँको लोक साहित्यमा रहेको अनुराग र लगाव बारे रोचक कवितामय प्रस्तुति मार्फत उपस्थित सवैलाई जानकारी गराउँदै कार्यक्रमको समापन गर्नु भएको थियो । श्री हनिफ मियाँले बनेपाका केही संघसंस्थाहरुलाई अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट प्रकाशित भएका केही पुस्तकहरु एपहार समेत दिनु भएको थियो । आयेजकले कार्यक्रम संचालन हुनु अघि बनेपा भिलेज रिसोर्टमा दिवा खाना र समापन पछि खाजाको पनि राम्रो ब्यवस्था गरेको थियो ।
सम्मानित स्रष्टाहरु ह्ुनुहुन्थ्यो ः श्री तेजेश्वर वावु ग्वंग, भक्तपुर, श्री नरेन्द्र बहादुर श्रेष्ठ, काठमाडौं, प्रा. डा. श्रीमती सुष्मा लुईटेल आचार्य, ललितपुर, श्री श्यामसुन्दर श्रेष्ठ, रसुवा, श्री आरएम डंगोल, नुवाकोट, श्री छविरमण सिलवाल, काभ्रे, श्री त्रिलोचन आचार्य, सिन्धुपाल्चोक, श्रीमती सुविसुधा आचार्य, धादिङ । यसरी हालसम्म यो सम्मान पाउने बागमती अञ्चलका आठ जना सहित १४ अञ्चल ७५ जिल्लाका गरी जम्मा १२९ जना पुगेको कुरा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्षले जानकारी गराउनु भएको थियो । यो सम्मान बागमती अञ्चलमा सवभन्दा अन्त्यमा वितरण गरेको रहेछ ।
Continue Reading »अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट बागमती अञ्चलका आठ साहित्यिक स्रष्टाहरु सम्मानित
बनेपा, कार्तिक २० । महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोहको सन्दर्भ पारेर अलिमियाँ लोक बाङमय प्रतिष्ठान पोखराले बागमती अञ्चलका आठ साहित्यिक एवं साँस्कृतिक स्रष्टाहरुलाई सम्मान गरेको छ ।
“जनमत” बाटिकाको संयोजनमा बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा लोक गायिका श्रीमती हरिदेवी कोइरालाले अलिमियाँ लोक बाङमय प्रतिष्ठानको परिचय दिनु भएको थियो भने कार्यक्रमका संयोजक एवं जनमतका प्रधान सम्पादक श्री मोहन दुवालले सम्मानित आठ जना स्रष्टाहरुको परिचय दिनु भएको थियो । त्यसपछि सम्मानित स्रष्टाहरुले पनि आआफ्ना गीत कविता सहित मन्तब्य दिएका थिए । समारोहका अर्का आकर्षक लोक गायक श्री राजु परियारले अलिमियाँले रच्नु भएको एक गीत गाउनु भयो भने बनेपाकै लोक गायक श्री मच्छेश्वर सापकोटाले ब्यंगात्मक कविता तथा गीतहरु पस्कनु भयो ।
Continue Reading »“प्रतिष्ठानको शान, स्रस्टाको सम्मान”
अम्बिका प्रसाद भट्टराई
संस्कृत विद्यापीठ पोखरा
दुनियाँमा विभिन्न अभियान उद्देश्य र लक्ष्यका साथ खोलिएका संघसंस्थाहरु लाखौं लाख होलान् र छन् । ती संस्थाहरुले आफ्ना उद्देश्य अनुरुप कति–कति काम गरेका छन् या छैनन् मनन्कै विषय हुन् । सस्तै विशेष उद्देश्यका साथ पोखरामा खोलिएको एउटा संस्था हो “अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान” २०६५ साल महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेको ९९ वर्ष पूरा भै १०० वर्षमा प्रवेश वर्ष पनि हो । राजधानी र मोफसलका साहित्यिक संघसंस्थाले आ–आफ्ना तबरबाट वर्षभरि नै विविध कार्यक्रमका साथ देवकोटालाई मात्र सम्झेनन् सम्झे राष्ट्रका विविध क्षेत्रमा योगदान पु¥याएका राष्ट्र सेवक र समाजसेवी र सत्यलाई पनि । पोखरामा पनि यस्ता थुपै्र गतिविधिहरु २०६५÷०६६ मा गत कार्तिकदेखि यस वर्षको कार्तिकसम्म भैरहे । २०६५ साल कार्तिकतिर पोखरामा पोखराभरिका साहित्यिक संघसंस्थाको भेला गराएर साहित्यकार सरुभक्त श्रेष्ठको अध्यक्षतामा सयौं साहित्यकारहरु रहेको समितिले यो देवकोटाको शताब्दी वर्ष विविध कार्यक्रममा साथ गर्ने अभियान प्रारम्भ भयो, जसमध्ये पोखरेली समाज र राष्ट्रमै परिचित भैसकेको स्व. लोककवि अलिमियाँका नाममा स्थापित “अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान” ले एउटा अठोट ग¥यो त्यो थियो प्रतिष्ठानबाट ५ विकासक्षेत्रमा चौधै अञ्चलका विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रस्टालाई सम्मान कार्यक्रम । प्रतिष्ठानको ०६५।८।७ गतेको कार्यकारिणी समितिको निर्णयअनुसार देशका पाँचै विकासक्षेत्र, १४ अञ्चल र विभिन्न जिल्लाहरुमा गएर साहित्यिक सद्भावका साथ कार्यक्रम र साहित्यिक स्रस्टाहरुलाई सम्मान गर्ने अठोटका साथ समितिका पदाधिकारी र केही सहयोगीका साथ अभियानमा निस्के लोककविका सुपुत्र हनिफमियाँ, देशको राजनैतिक परिस्थिति, भौगोलिक, निकटता र अन्य संकटका साथ साथै आर्थिक दुरावस्थाका साथ यो अग्नि परीक्षामा आज हनिफमियाँ सफलताका साथ उत्रेका छन् जसको मूल्याङ्कन लोकले अध्ययन गर्ला । वाङ्मय प्रतिष्ठानका सभापति आफ्नो अभियानमा मिति २०६५ साल मार्ग १३ गतेबाट शुभारम्भ गर्नका लागि नारायणी अञ्चल चितवन पुगे साहित्यकार प्रेमनन्दन श्रेष्ठलाई सम्मान गर्न । यो क्रम मिति २०६५।८।१७ गते फेरि धवलागिरी अञ्चलतर्फ लाग्यो । त्यहाँ साहित्यकार काजि रोशन श्रेष्ठलाई भव्य समारोहका बीच सम्मानमा परिणत भयो । मिति २०६५।८।२७ गते एक विदेशी दाता महामना जे.वि. क्रसलाई पोखरा नयाँ गाउँमा सम्मान गर्न पुग्यो प्रतिष्ठान, क्रस इङल्याण्डका नागरिक हुन् र एक समाजसेवी अब भने प्रतिष्ठानले सम्मानको दायरा फराकिलो पार्दै मिति २०६५।९।१५ गते
Continue Reading »बृक्षारोपण
रचना ः श्यामसुन्दर श्रेष्ठ सहृदयी
चाल्नाखेलको विरुवा चुन्नीखेलमा लगियो ।
बाँच्ने हो कि होइन रोप्न चाहिं रोपियो ।।१।।
एक फिटको प्वाकल खनी माटो त्यहीं पुरियो ।
बालुवा झैं माटो रैछ मन त्यसै तुरियो ।।२।।
तारबार पनि चाहिन्छ विरुवा रोप्ने ठाउँमा ।
जतासुकै फोहरैफोहर देखिन्छ त्यो गाउँमा ।।३।।
राजधानीको नजिक पनि गाउँ अति बिकट छ ।
देख्दा लाग्छ यो ठाउँमा विकास धेरै टाढा छ ।।४।।
पोखरी पनि खनियो अतिथि स्थल छानियो ।
युवाहरुको जोश जाँगर अति राम्रो मानियो ।।५।।
रमाइलो लाग्यो मलाई यो दिन यो ठाउँ ।
विकास हुन्छ अवश्य नै मिले सवै यो गाउँ ।।६।।
२०६६।५।१ काठमाडौं ।
Continue Reading »नजिकबाट टाढा देखिने
टाढाबाट नजिक देखिने
विशालताको द्योतक हो हिमाल ।
सेतो स्वच्छ हिमाली भेगतिर
बसन्त ऋतुमा फुल्ने
पवित्रताको उपमा हो चिमाल ।।१।।
हिमालको काखमा अवस्थित
नेपालकै पवित्र तीर्थस्थल
उपकारको द्योतक हो गोसाईकुण्ड ।
तर यही विशालता, पवित्रता
र उपकारको नजिक रहेका हुन्छन्
नाफाखोर, भ्रष्ट र दुष्ट षण्डमुण्ड ।।२।।
२०६४।५।१२
सहृदयी श्रेष्ठ (पासाङ), चन्दनबारी (सिङगुम्बा), रसुवा
होऔं सवै एकजुट
रचना ः श्यामसुन्दर श्रेष्ठ सहृदयी भीमाद ४ तनहुँ
कस्तुरीको वासै मीठो
प्रेयसीको सास
टाढा हुने मायालुको
अझै लाग्छ आश ।।१।।
रातो हाब्रे डाँफे मुनाल
हिमालको शोभा
त्यै हिमालमा झुल्किदैछ
नेपालको आभा ।।२।।
कति राम्रो सल्लाको वन
सिरीसिरी हावा
आकाशमा कावा खाँदै
उडेकाछन् चखेवा ।।३।।
२०६६ भाद्र ५ गते बागमतीका मुहानमा पर्ने काठमाडौं जिल्लाको विभिन्न १२ स्थानमा बागमती बचाऔं बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भयो । यसरी बृक्षारोपण भएका क्षेत्रहरुमा साइट १ फिरफिरे डाँडा डाँछी, साइट २ ढकाल गाउँ गागलफेदी ९, साइट ३ ठाडो पाखो गागलफेदी ७, साइट ४ कपन टापु डाँडा कपन ४, साइट ५ भन्ज्याङ, कपन ६ र ७, साइट ६ चन डाँडा कपन ७, साइट ७ आइतवारे चिस्सेनी पाखा विष्णु बूढानिलकण्ठ, साइट ८ नाइडोल गोकर्णेश्वर ७, साइट ९ भगवतीस्थान गोकर्णेश्वर ६, साइट १० वालसुधार उमावि नयाँपाटी ६, साइट ११ रातोमाटे डाँडा कपन ६ र ७ र साइट १२ चुनीखेल भद्रकाली ८ र ९ रहेका छन् । यी साइटहरुमा क्रमश ः सम्माननीय राष्ट्रपति डा. रामवरण यादव, सम्माननीय प्रधानन्यायधीश श्री मीनबहादुर रायमाझी, सम्माननीय संविधानसभाका अध्यक्ष श्री सुवाषचन्द्र नेम्वाङ, माननीय कार्यबाहक प्रधानमन्त्री श्री विजयकुमार गच्छेदार, नेपाली काँग्रेसका उपसभापति माननीय श्री रामचन्द्र पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी तथा लेनीनबादीका महासचिव श्री इश्वर पोखरेल, एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता माननीय दीननाथ शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति शम्शेर जवरा, नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री शेरबहादुर देउवा, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी तथा लेनीनबादीका महासचिव श्री चन्द्रपकाश मैनाली र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री सूर्यबहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । गृह मन्त्री माननीय श्र िभीम बहादुर रावल, वन तथा भू संरक्षण मन्त्री माननीय श्री दिपक बोहरा र वातावरण मन्त्री माननीय श्री ठाकुर शर्मा भने साइट १ मा हुनुहुन्थ्यो ।