Copyright © 2010 shyam's blog by Ashesh | Login
श्रावण २४, २०६६ । इमाडोल गा.वि.स. ललितपुरमा अवस्थित २५ रोपनी जग्गामा पैmलिएको बोजे पोखरी र शिव मन्दिरको परिसरमा रुद्राक्ष, अमला, अम्वा, असारे कल्की, धुपी सल्ला, कपूर, ज्याक¥याण्डा, क्रिटोमेरिया, चाप लगायतका २०० विरुवाहरु रोपण गरी भव्य रुपमा ३६ औं भू संरक्षण दिवस मनाइयो । उक्त समारोहमा प्रमुख अतिथि एवं वन तथा भू संरक्षण मन्त्रालयका नि. सचिव श्री माधवप्रसाद आचार्य र वोजे पोखरी संरक्षण उपभोक्ता समूहका अध्यक्ष एवं कार्यक्रमका समेत अध्यक्ष श्री रामकेशरी के.सी ले संयूक्त रुपमा शिव मन्दिरको नजिक दुई गोटा रुद्राक्षका विरुवा रोपी उद्घाटन गर्नु भयो । समारोहमा ललितपुर जिल्ला भू संरक्षण कार्यालयका प्रमुख डा. श्यामनन्दन मण्डलले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । समारोहमा मन्तव्य व्यक्त गर्नु हुनेहरुमा भू तथा जलाधार संरक्षण विभागका नि. महानिर्देशक श्री प्रकाश माथेमा, भू.पू. महानिर्देशक द्वय श्री मनमोहन ध्वज जोशी र श्री सुशील भट्टराई, वन तथा भू संरक्षण मन्त्रालयका नि. सचिव श्री माधवप्रसाद आचार्य र बोजे पोखरी संरक्षण उपभोक्ता समूहका अध्यक्ष एवं कार्यक्रमका समेत अध्यक्ष श्री रामकेशरी के.सी हुनुहुन्थ्यो । समारोहमा धन्यवाद ज्ञापन गर्दै काठमाडौ जिल्ला भू संरक्षण कार्यालयका प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले बोजे पोखरीलाई नाम अनुसारकै सार्थक बनाउनु पर्ने कुरामा स्थानीय जनता सक्रिय रहनु पर्ने बताउनु भयो । कार्यक्रमको उदघोषण ललितपुरका सहायक भू संरक्षण अधिकृत श्री रामहरि पन्थले गर्नु भएको थियो ।
उक्त समारोहमा मन्त्रालयका सहसचिवहरु श्री जगन्नाथ कोइराला, श्री सुर्य प्रसाद जोशी, डा. अन्नपूर्णनन्द दास समेत उपस्थित हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको आयोजना बोजे पोखरी संरक्षण उपभोक्ता समूह, जि.भू.सं.का. ललितपुर, जि.भू.सं.का. काठमाडौं र भू तथा जलाधार संरक्षण विभागले संयुक्त रुपमा गरेका थिए ।
३६ सौं भू संरक्षण दिवस समारोह मनाउने सिलसिलामा २०६६।४।२३ गते जिल्ला भू संरक्षण कार्यालय काठमाडौंले उपत्यकाका केही मा.वि. र उमावि बीच संरक्षण कविता तथा संरक्षण हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । उक्त कार्यक्रममा काठमाडौंका ५ र ललितपुर १ गरी ६ विद्यालयहरुका शिक्षक शिक्षिका विद्यार्थीहरु सहभागी थिए । सहभागी विद्यालयहरु हुन् ः श्री बालविकास उमावि साङ्ला, श्री जितपुर मावि जितपुर, श्री प्रभात उमावि थानकोट, श्री गणेश उमावि चपली श्री बुढानिलकण्ठ आश्रम उमावि नारायणस्थान र श्री गम्भीर समूद्र सेतु उमावि इमाडोल ।
उक्त प्रतियोगिताहरुमा संरक्षण कविता तर्पm श्री प्रभात मा.वि. थानकोटका श्री राम थिङ प्रथम, श्री साङला बालकुमारी उमावि साङ्लाका सुश्री दिपा के.सी. द्धितिय र श्री गम्भीर समुद्र सेतु उमावि इमाडोलका सुश्री सिता थापा तृतीय भएका थिए ।
यसरी नै संरक्षण हाजिर जवाफ प्रतियोगितामा श्री प्रभात उमावि थानकोटका श्री आशिष तमाङ र सुश्री गंगा पाण्डेको टोली प्रथम, श्री बूढानिलकण्ठ आश्रम उमावि नारायणस्थानका श्री मनोज भण्डारी र सुश्री रविना मल्लको टोली द्धितीय, श्री गणेश उमावि चपलीका श्री प्रकाश श्रेष्ठ र सुश्री दीपा तमाङको टोली तृतीय र श्री गम्भीर समूह सेतु उमावि इमाडोलका श्री रत्न बर्देवा र सुश्री विष्णु माया घिसिङको टोलीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार वितरण भू तथा जलाधार संरक्षण विभागका नि. महानिर्देशक श्री प्रकाश माथेमा र जि.भू सं.का. काठमाडौंका प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले संयुक्त रुपमा प्रदान गरेका थिए ।
Continue Reading »ऊ कस्तो मान्छे ?
ठाउँ–ठाउँमा पिच भत्किएको नागबेली सडक बेबारिसे अवस्थामा फालिएको मैलो र झुत्रो पटुकाजस्तै देखिन्छ । सडक छेउबाट सेती नदीको सुसेली प्रष्ट सुुनिन्छ । शीतल हावाको झोँक्कासँगै मौसमी तातोपनको हपहपी केही कम भएको महशुस हुन्छ ।
साँझको बेला थियो क्यार, एउटा खैरो रङको माइक्रोबस अनियन्त्रित गतिमा पूर्वतिर हुइंकियो । सुनसान सडक छेउको आकाश धुलाम्य भयो । धूलोको बाक्लो पर्दाभित्र सन्नाटा चिर्दै मानव पीडाको अनौठो चित्कार सुनियो । पक्कै त्यो सडक किनारमा केही गडबड भएको हुनुपर्छ । ऊ साँझ–बिहान हिँड्ने सडक छेउमै यो घटना भएको थियो ।
समयले उसलाई नबुझेको हो कि उसले समयलाई नबुझेको हो ,अहिल्यै निर्णय दिन सक्नेस्थिति देखिदैन । उसलाई सामान्यरुपमा चिन्नेहरु यही कुरा बारम्बार दोहो¥याउँछन् । तर समयले कसैलाई चिन्ने कुरा त हुँदै भएन । आफूले पो समयलाई चिन्ने हो । यो कुरा उसले नबुझेको पनि होइन, किनकी समयको अग्रगामी गतिमा मानिसले आफूलाई गतिलैसँग ढाल्नुपर्छ भन्ने पाठ उसले धेरैलाई पढाइ सकेको छ । नत्र जीवन र जगतको परिवर्तन असम्भव भन्ने सत्य पनि उसले धेरैलाई बुझाइ सकेको हो । तर आफू स्वयम् समयको चक्रव्यूहमा फँसेको कुरा भने उसले पत्तो पाउन सकेन । यो नै उसको ठूलो कमजोरी थियो कि….।
Continue Reading »
