Subscribe to RSS Feed

अन्तराष्ट्रिय पर्वतीय दिवसको उपलक्ष्यमा विद्यालय कार्यक्रम २६ मार्ग २०६६

आयोजक ः जिल्ला भू संरक्षण कार्यालय काठमाडौं, नेपाल ।

ूम्ष्कबकतभच च्ष्कप ःबलबनझभलत ष्ल ःयगलतबष्ल ब्चभबकू  अर्थात् “पर्वतीय क्षेत्रमा प्रकोप खतरा ब्यवस्थापन” भन्ने नाराका साथ २०६६ मार्ग २६ गते अर्थात् ११ दिसेम्वर २००९ अर्थात् अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा श्री बज्रयोगिनी आमावि सुन्टोल ७ साँखुमा विद्यालय संरक्षण शिक्षा र संरक्षण हाजिरीजवाफ प्रतियोगिता सहित सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त कार्याक्रम सो विद्यालयमा २०६६ मार्ग २५ र ऐ २६ गते दुई दिन संचालन भएको थियो ।

पहिलो दिन अर्थात् २०६६ मार्ग २५ गते कक्षा ८ र ९ का ६० जना विद्यार्थीलाई कार्यालय प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले कार्यालयको परिचय, उद्देश्य, कार्यनीति र कार्यक्रम बारे संक्षिप्तमा जानकारी गराउनु भयो भने सहायक भू संरक्षण अधिकृत श्री  राजकुमार रोकाले भू संरक्षण वारे सैद्धान्तिक ज्ञान दिनु भयो । यसै गरी भू संरक्षण सहायक श्री विनोद ज्ञवालीले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको वारेमा ती विद्यार्थीलाई जानकारी गराउनु भयो । उक्त कार्यक्रममा यस कार्यालयलाई सहयोग पु¥याउनको निम्ति भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको तर्फबाट आउनु भएका श्री रञ्जन ढुंगेलले भूकम्पको वारे सैद्धान्तिक ज्ञान ती विद्यार्थीलाई दिनु भयो भने अर्का विशेषज्ञ श्री निराकार जोशीले भूकम्पबाट कसरी बच्न सकिन्छ ? क्षति कसरी न्युन गर्न सकिन्छ भन्ने जानकारी दिनु भयो । धन्यवाद ज्ञापन प्रा. स. श्री पदम दहालले गर्नु भयो । स्लाइड प्रोजेक्टरको सहयोगमा लिइएको उक्त कक्षाहरु निकै प्रभावकारी थियो ।

दोश्रो दिन अर्थात् २०६६ मार्ग २६ गते प्रशिक्षित कक्षा ८ र ९ का ६० विद्यार्थीहरुबाट एक छात्र र एक छात्रा गरी दुई जनाको ६ समूह बनाई संरक्षण हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको थियो । समूह विभाजन निम्न प्रकारले गरिएको थियो ः—

समूह    नाम र थर    कक्षा
ए    श्री राम रावल    ८
सुश्री पूजा थापा    ९
बी    विजय श्रेष्ठ    ८
अनुषा थापा    ९
सी    आथिष खडका    ८
श्रृजना खत्री    ९
डी    मञ्जु दुवाल    ८
राकेश थापा    ९
ई    सुष्मा गुरुङ    ८
सविन कार्की    ९
एफ    लितिशा श्रेष्ठ    ८
विद्वेश नापित    ९

उक्त संरक्षण हाजिरीजवाफ प्रतियोगितामा समूह ईले ८० अंक प्राप्त गरी प्रथम, समूह एफ ४५ अंक प्राप्त गरी द्वितीय र समूह डीले ४० अंक प्राप्त गरी तृतीय स्थान हासिल गरेका थिए । उक्त कार्यक्रममा ६७ जनाको उपस्थिति थियो ।

उक्त कार्यक्रममा कक्षा आठमा अध्ययनरत विद्यार्थी श्री राम रावलले “प्रकृति हुँ म” भन्ने कविता पाठ गर्नु भयो भने उक्त विद्यालयका शिक्षिका सुश्री सजनी श्रेष्ठको निर्देशनमा विद्यालयका विद्यार्थीहरुबाट स्वागत गीत नृत्य प्रस्तुत गरिएको थियो । उक्त स्वागत गीत नृत्यमा सेजल, पुष्पा, सोनिया, ज्ञानु र जश्मिनले नाचेका थिए । त्यस्तै वाल क्षेत्र नेपालका भाई बहिनीहरुबाट उनीहरुकै सामूहिक प्रयासबाट जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठले रचेको संरक्षण गीत “नेपाली जीवन” मा गायन बाद्यबादन र नृत्य प्रस्तुत भएको थियो । यसै गरी “लेकमा जाने साईंला दाइ”मा वाल क्षेत्र नेपालकी सीता तमाङले नृत्य प्रस्तुत गर्नु भएको थियो भने बज्रयोगिनी आमाविका संगिता र अस्मिताले “पानी मीठो मेरो हजुर” भन्ने गीतमा नृत्य पस्केका थिए ।

उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि तथा जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठले गर्नु भएको थियो भने सभापतित्व उक्त विद्यालयका प्रधानाध्यापक श्री मोतिलाल राईले गर्नु भएको थियो । उदघोषण श्री पदम दहालले गर्नु भयो । उक्त समारोहमा प्रमुख अतिथि, सभापति लगायत जिल्ला भू संरक्षण कार्यालयका भू संरक्षण सहायक श्री विनोद ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक श्री मुकुन्द विष्ट र विद्यार्थीको तर्फबाट सविन कार्काले बोल्नु भएको थियो । अन्तमा प्रमुख अतिथि तथा जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार र वाल क्षेत्र नेपाल हाम्रो गाउँ परियोजना तथा उक्त विद्यालयलाई ध्ध्ँ ल्भउब,ि क्ष्ऋक्ष्ःइम्, त्ःक्ष्, ल्भ्ँभ्व्, ल्क्भ्त्ले प्रदान गरेका पुस्तक र सिडीहरु उपहार दिनु भएको थियो । अन्त्यमा कार्यक्रम सफल बनाइ दिनु भएकोमा सवैलाई धन्यवाद दिंदै उक्त विद्यालयमा प्रधानाध्याक श्री मोतिलाल राईले कायक्रम समापन भएको घोषणा गर्नु भयो । कार्यक्रममा सवै सहभागीहरुलाई जलपानको ब्यवस्था पनि गरिएको थियो । कार्यक्रम घमाइलो चउरमा गरिएको थियो । कार्यक्रम अवधिभर मौसमले खुव साथ दिएको थियो ।

Leave a Reply