Subscribe to RSS Feed

“प्रतिष्ठानको शान, स्रस्टाको सम्मान”

अम्बिका प्रसाद भट्टराई

संस्कृत विद्यापीठ पोखरा

दुनियाँमा विभिन्न अभियान उद्देश्य र लक्ष्यका साथ खोलिएका संघसंस्थाहरु लाखौं लाख होलान् र छन् । ती संस्थाहरुले आफ्ना उद्देश्य अनुरुप कति–कति काम गरेका छन् या छैनन् मनन्कै विषय हुन् । सस्तै विशेष उद्देश्यका साथ पोखरामा खोलिएको एउटा संस्था हो “अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान” २०६५ साल महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेको ९९ वर्ष पूरा भै १०० वर्षमा प्रवेश वर्ष पनि हो । राजधानी र मोफसलका साहित्यिक संघसंस्थाले आ–आफ्ना तबरबाट वर्षभरि नै विविध कार्यक्रमका साथ देवकोटालाई मात्र सम्झेनन् सम्झे राष्ट्रका विविध क्षेत्रमा योगदान पु¥याएका राष्ट्र सेवक र समाजसेवी र सत्यलाई पनि । पोखरामा पनि यस्ता थुपै्र गतिविधिहरु २०६५÷०६६ मा गत कार्तिकदेखि यस वर्षको कार्तिकसम्म भैरहे । २०६५ साल कार्तिकतिर पोखरामा पोखराभरिका साहित्यिक संघसंस्थाको भेला गराएर साहित्यकार सरुभक्त श्रेष्ठको अध्यक्षतामा सयौं साहित्यकारहरु रहेको समितिले यो देवकोटाको शताब्दी वर्ष विविध कार्यक्रममा साथ गर्ने अभियान प्रारम्भ भयो, जसमध्ये पोखरेली समाज र राष्ट्रमै परिचित भैसकेको स्व. लोककवि अलिमियाँका नाममा स्थापित “अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान” ले एउटा अठोट ग¥यो त्यो थियो प्रतिष्ठानबाट ५ विकासक्षेत्रमा चौधै अञ्चलका विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रस्टालाई सम्मान कार्यक्रम । प्रतिष्ठानको ०६५।८।७ गतेको कार्यकारिणी समितिको निर्णयअनुसार देशका पाँचै विकासक्षेत्र, १४ अञ्चल र विभिन्न जिल्लाहरुमा गएर साहित्यिक सद्भावका साथ कार्यक्रम र साहित्यिक स्रस्टाहरुलाई सम्मान गर्ने अठोटका साथ समितिका पदाधिकारी र केही सहयोगीका साथ अभियानमा निस्के लोककविका सुपुत्र हनिफमियाँ, देशको राजनैतिक परिस्थिति, भौगोलिक, निकटता र अन्य संकटका साथ साथै आर्थिक दुरावस्थाका साथ यो अग्नि परीक्षामा आज हनिफमियाँ सफलताका साथ उत्रेका छन् जसको मूल्याङ्कन लोकले अध्ययन गर्ला । वाङ्मय प्रतिष्ठानका सभापति आफ्नो अभियानमा मिति २०६५ साल मार्ग १३ गतेबाट शुभारम्भ गर्नका लागि नारायणी अञ्चल चितवन पुगे साहित्यकार प्रेमनन्दन श्रेष्ठलाई सम्मान गर्न । यो क्रम मिति २०६५।८।१७ गते फेरि धवलागिरी अञ्चलतर्फ लाग्यो । त्यहाँ साहित्यकार काजि रोशन श्रेष्ठलाई भव्य समारोहका बीच सम्मानमा परिणत भयो । मिति २०६५।८।२७ गते एक विदेशी दाता महामना जे.वि. क्रसलाई पोखरा नयाँ गाउँमा सम्मान गर्न पुग्यो प्रतिष्ठान, क्रस इङल्याण्डका नागरिक हुन् र एक समाजसेवी अब भने प्रतिष्ठानले सम्मानको दायरा फराकिलो पार्दै मिति २०६५।९।१५ गते पोखरामा एक समारोहका बीच स्वास्थ्य, शिक्षा, सञ्चार, संगीत र साहित्यिक क्षेत्रमा टेवा पु¥याउने महानुभावहरु डा.कुमारशम्शेर राणा, डा. एलिना जोन, सर्वज्ञमान प्रधानाङ्ग र नारायण कार्कीलाई पनि सम्मान गर्दै अगाडि बढ्यो । प्रतिष्ठानका अध्यक्ष केही साहित्यिक महानुभाव र सहयोगीका साथ सुदुर पश्चिमाञ्चलमा पुगे । मिति २०६५।९।१७ गते महाकाली अञ्चलमा सेती र महाकाली अञ्चलका स्रष्टाहरु साहित्यकार आत्माराम ओझा, मणिराज जोशी र श्रेष्ठ प्रिया पत्थरको सम्मान गरेपछि ०६५।९।१९ गते मध्ये पश्चिमाञ्चल भेरीमा संस्था साहित्यकार सृजन लम्साल र अब्दुल लतिफ सौखलाई सम्मान गरेर फर्कियो । ०६५।१०।२० गते रापती अञ्चलका साहित्यकार डा. गोबिन्द आचार्यलाई सम्मान गरियो । ०६५।१०।११ गते कर्णाली अञ्चल पुगेका अध्यक्षले त्यहाँका स्रष्टा श्री दावा बम्जन र श्री नरेन्द्र बुमलाई सम्मान साथ फर्केका उनले ०६५।११।१५ गतेका दिन अलिमियाँ प्रोत्साहन पुरस्कार लोकगायिका शकुन्तला ज्ञवालीलाई प्रदान गरी वेशीसहर लमजुङ्गको देवी गुरुङ्ग र वन्दिपुर तनहुँका श्री उत्तम गुरुङ्गलाई प्रदान गर्न सफल हुन्छ । प्रतिष्ठानले मिति २०६५।११।२७ गते मध्यमाञ्चलको जनकपुर पुगी त्यहाँका स्रस्टाहरु श्री राजन चौधरी र गौरी चौधरीलाई सम्मान गरी मिति २०६५।१२।१७ गते एउटा छुट्टै कार्यक्रम अलिमियाँ लोकतारा छनौटमा जुट्दछ । रेडियो अन्नपूर्ण पोखराको संयोजन र प्रतिष्ठानको व्यवस्थापनले १५७ जना कलाकार मध्येबाट १० जना छनौट गरी प्रथम हुने स्मृति पुनःलाई नगद रु. ६०,०००।– (साठी हजार)। द्वितीय हुने श्री रामजी पौडेललाई रु. १०,०००।– (दश हजार) गरी अन्य कलाकारहरु अशोक थापा, आयुष परियार, सीता लामिछाने, समला राई, राधा गुरुङ्ग, दिपीन थापा समेतलाई सम्मान समेत ग¥यो । यसैगरी ०५६।१२। गते बाग्लुङ्ग अमरभूमिका लोकसाधक तथा लोकनाटक गोपिचनका कलाकारलाई पनि एक समारोहका साथ २६ जनालाई प्रतिष्ठानले सम्मान गरेको पाइयो । मिति २०६६ साल वैशाख १९ गते प्रतिष्ठान नेपालको पूर्वाञ्चल विकास क्षेत्र पुगी त्यहाँका स्रस्टा तथा सर्जकलाई सम्मान प्रकट गर्न पुग्दछ । पूर्वाञ्चलका स्रस्टा थिए श्री सुरेश गन्धर्व, सुनसरी, बालकृष्ण सिग्देल, श्री गंगा वरदान मोरङ्ग श्री कामेश्वर झा झापा, गोमा मादेमा तेह्रथुम, गोपाल देवान सुनसरी, हरिबहादुर खत्री संखुवासभा, शिवप्रसाद श्रेष्ठ धनकुटा र एल्पी जोशी झापा । मिति २०६६।६।८ गते पश्चिमाञ्चल पोखरा र आसपासमा रहेका २७ जना गन्धर्व जातिहरुलाई पनि संस्थानले सम्मान ग¥यो । यसैबीच प्रतिष्ठानले मिति २०६६।७।७ गते पश्चिञ्माचल लुम्बिनी अञ्चल स्रस्टालाई भैरहवामा एक समारोहका बीच छाने । श्री मणिराम भट्टराई रुपन्दे्रही श्री हरिराज शर्मा कपिलवस्तु, श्रीमती कृष्णादेवी शर्मा, श्री विष्णु लामिछाने नवलपरासी, श्री रुद्र ज्ञवाली, श्री भेषबहादुर कुँवर गुल्मी र माधव चुँदाली अर्घाखाँची रहनु भएको थियो । प्रतिष्ठान मिति २०६६।७।२० गते वाग्मती अञ्चलको बनेपामा पुगी त्यहाँ रहेको विविध क्षेत्रका स्रस्टाहरु मध्ये श्री आर.एन. डंगोल, सुविसुधा आचार्य, छविरमण सिलवाल, त्रिलोचन आचार्य, नरेन्द्र बहादुर श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, डा. सुष्मा आचार्य र श्री तेजेश्वर बाबु ग्वाङलाई पनि सम्मान गर्न सफल भएको छ । मिति २०६६।७।२७ गतेका दिन साहित्यकार देवकोटाको शताब्दी वर्षको अन्तिम कार्यक्रम पनि प्रतिष्ठानले विविध क्षेत्रका स्रस्टा महानुभावहरुलाई सम्मान तथा अभिनन्दन गरेर नै समापन वर्षको अन्त्य गरेको छ । पोखरा र आसपास क्षेत्रका समाज र साहित्यका विविध क्षेत्रमा गहनतम अध्ययन र अनुसन्धान गर्ने पश्चिमाञ्चलका विभिन्न जिल्लाका पाँचजना सर्जक मध्ये स्याङ्जाका श्री विश्वप्रेम अधिकारी र देवी प्रसाद वनवासी, कास्कीको सुश्री इश्वरी गुरुङ्ग पर्वतका डा.कुसुमाकर न्यौपाने र बाग्लुङ्गका श्री प्रेम छोटा हुनुहुन्थ्यो । यसरी प्रतिष्ठानले नारायणीबाट आरम्भ गरेको अभियान पोखरामा ल्याइपु¥याएर समापन गरेको छ । यो कालावधीमा जम्माजम्मी देश भएको विविध क्षेत्रमा सेवा पु¥याउने कुल १२४ जना स्रष्टा तथा सर्जकलाई सम्मान गरी आफ्नो लक्ष्यमा पुग्न सफल भएको देखिन आउँछ । अभियानका क्रममा हनिफ र संस्थाले कतिको सहयोग पाए त्यो आफ्नै ठाउँमा छ तर कति ठक्कर, कति खप्की, कति कष्ट, कति गाली खाए हुनन् ती पनि आफ्नै ठाउँमा छन् र पनि एउटा राज्यले गर्ने कार्यमा एउटा व्यक्ति एउटा संस्थाले आफ्नै खर्च र चाँजोपाँजो कसरी मिलाएहोलान् सोच्नैपर्ने देखिन्छ । यस सुःखद अवसरमा हनिफले आफ्ना पिताको र नेपाली जनमानसका स्रष्टा देवकोटाले एवं नेपाली साहित्यकै सम्मान गरेका छन् । यस सन्दर्भमा यो लेखक नेपाली साहित्यका नेपाली जनजनका चाहना अलिमियाँ र देवकोटालाई श्रद्धासुमन तथा अभियन्ता संस्था तथा हनिफलाई साधुवाद दिदै भन्छ यो हो प्रतिष्ठानको शान स्रस्टाको सम्मान इश्वरले भनेझैं तँ आँट म पु¥याउँछु भनेझैं “तिमी आँट हामी साथ दिनेछौं’ । धन्यवाद । मिति ः २०६६।८।८

Leave a Reply