Subscribe to RSS Feed

होऔं सवै एकजुटrasuwa kabita

रचना ः श्यामसुन्दर श्रेष्ठ सहृदयी भीमाद ४ तनहुँ

कस्तुरीको वासै मीठो
प्रेयसीको सास
टाढा हुने मायालुको
अझै लाग्छ आश ।।१।।

रातो हाब्रे डाँफे मुनाल
हिमालको शोभा
त्यै हिमालमा झुल्किदैछ
नेपालको आभा ।।२।।

कति राम्रो सल्लाको वन
सिरीसिरी हावा
आकाशमा कावा खाँदै
उडेकाछन् चखेवा ।।३।।

सललल्ल बगेकाछन्
नदीनालाहरु
निष्ठूरीले काटे वन
मैले कसो गरुँ ? ।।४।।

वनजंगल जोगाउन
सवै मिल्नु पर्छ
हरियाली भए यहाँ
मन स्वच्छ हुन्छ ।।५।।

चिराईंतो तितेपाती
ओखतीको खेती
गरे हामी हुनेछौं है
निरोगी र धनी ।।६।।

डढेलो र छाडा चरन
भूमिको हो मरन
त्यस्ताृ ठाउँमा हुन सक्ला
कसो गरी शरण ? ।।७।।

संरक्षण खेतबारी
सवैको नारा एक
वातावरण जोगाउन
होऔं सबै एकजुट ।।८।।

Leave a Reply