Copyright © 2010 shyam's blog by Ashesh | Login
२०६६ भाद्र ५ गते बागमतीका मुहानमा पर्ने काठमाडौं जिल्लाको विभिन्न १२ स्थानमा बागमती बचाऔं बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भयो । यसरी बृक्षारोपण भएका क्षेत्रहरुमा साइट १ फिरफिरे डाँडा डाँछी, साइट २ ढकाल गाउँ गागलफेदी ९, साइट ३ ठाडो पाखो गागलफेदी ७, साइट ४ कपन टापु डाँडा कपन ४, साइट ५ भन्ज्याङ, कपन ६ र ७, साइट ६ चन डाँडा कपन ७, साइट ७ आइतवारे चिस्सेनी पाखा विष्णु बूढानिलकण्ठ, साइट ८ नाइडोल गोकर्णेश्वर ७, साइट ९ भगवतीस्थान गोकर्णेश्वर ६, साइट १० वालसुधार उमावि नयाँपाटी ६, साइट ११ रातोमाटे डाँडा कपन ६ र ७ र साइट १२ चुनीखेल भद्रकाली ८ र ९ रहेका छन् । यी साइटहरुमा क्रमश ः सम्माननीय राष्ट्रपति डा. रामवरण यादव, सम्माननीय प्रधानन्यायधीश श्री मीनबहादुर रायमाझी, सम्माननीय संविधानसभाका अध्यक्ष श्री सुवाषचन्द्र नेम्वाङ, माननीय कार्यबाहक प्रधानमन्त्री श्री विजयकुमार गच्छेदार, नेपाली काँग्रेसका उपसभापति माननीय श्री रामचन्द्र पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी तथा लेनीनबादीका महासचिव श्री इश्वर पोखरेल, एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता माननीय दीननाथ शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति शम्शेर जवरा, नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री शेरबहादुर देउवा, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी तथा लेनीनबादीका महासचिव श्री चन्द्रपकाश मैनाली र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री सूर्यबहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । गृह मन्त्री माननीय श्र िभीम बहादुर रावल, वन तथा भू संरक्षण मन्त्री माननीय श्री दिपक बोहरा र वातावरण मन्त्री माननीय श्री ठाकुर शर्मा भने साइट १ मा हुनुहुन्थ्यो ।
साइट १२ का प्रमुख अतिथि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री सूर्यबहादुर थापाले दुईवटा रुद्राक्षका बेर्ना रोपी साढे नौ बजे नै बृक्षारोपनको शुभारम्भ गर्नु भयो । उक्त शुभारम्भ कार्यक्रममा साइट १२ का संयोजक तथा भू तथा जलधार संरक्षण विभागका महानिर्देशक श्री भरतप्रसाद पुडासैनीले साथ दिनु भएको थियो । छोटो मन्तब्य दिने क्रममा प्रमुख अतिथि श्री थापाले भन्नुभयो, “विग्रदो वातावरणको कारणले गर्दा नेपालीहरुले बाढीपहिरो खरेडी जस्ता विभिन्न प्राकृतिक प्रकोपले दुःख पाइराखेकाछन् र देशमा यस्ता प्रकोपले बढी क्षति पु¥याइरहेको छ । काठमाडौंका जनताले झन बढी दुःख पाइराखेका छन् । परापूूर्व कालदेखि हाम्रा पुर्खाहरुले वरपीपल जस्ता बृक्षहरु लगाई धर्मको रुपमा संरक्षण गर्दै आइरहेको छ । यस प्रकारको बृक्षारोपणले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट बच्नलाई सघाउ पु¥याउने छ विश्वास हामीले लिएका छौं ।”
उक्त अवसरमा साइटका सह संयोजक द्वय वन विभागका उप महानिर्देशक श्री प्रकाश सायमी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक श्री मेघबहादुर पाण्डे, काठमाडौं जिल्ला भू संरक्षण अधिकृत श्री श्यामसुन्दर श्रेष्ठ, भद्रकाली वन उपभोक्ता समितिका अध्यक्ष श्री जुजुकाजी श्रेष्ठ, काठमाडौं जिल्ला वन कार्यालयका सहायक वन अधिकृत श्री नवराज काफ्ले लगायत वन तथा भू संरक्षण मन्त्रालय र अन्तर्गत विभागका अधिकृत एवं कर्मचारीहरु, स्थानीय युवाहरु, सामुदायिक वनका पदाधिकारीहरु विभिन्न विद्यालयका शिक्षकशिक्षिका तथा छात्रछात्राहरु एवं नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीका अधिकृत तथा पदिकहरुको पनि बाक्लो उपस्थिति थियो ।
यो कार्यक्रमको प्रमुख आयोजक नेपाल सरकार वन तथा भू संरक्षण मन्त्रालय र राष्ट्रिय प्राकृतिक संरक्षण कोषं रहेको र यस कार्यक्रमलाईृ सफल पार्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय संघसंस्था, नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, निजी विद्यालय शिक्षक संगठनहरु र उद्योग ब्यवसायीहरुको समेत उल्लेख्य सहयोग प्राप्त भएको थियो । उक्त दिन सवै १२ साइटमा करीव एक लाख बृक्षारोपण भयो भने साइट १२ चुनीखेलमा करीव १६ हजार बेर्ना रोपण भयो ।
