Subscribe to RSS Feed

Archive for November, 2009

कविता : होऔं सवै एकजुट

होऔं सवै एकजुट

रचना ः श्यामसुन्दर श्रेष्ठ सहृदयी भीमाद ४ तनहुँ

कस्तुरीको वासै मीठो
प्रेयसीको सास
टाढा हुने मायालुको
अझै लाग्छ आश ।।१।।

रातो हाब्रे डाँफे मुनाल
हिमालको शोभा
त्यै हिमालमा झुल्किदैछ
नेपालको आभा ।।२।।

कति राम्रो सल्लाको वन
सिरीसिरी हावा
आकाशमा कावा खाँदै
उडेकाछन् चखेवा ।।३।।

Continue Reading »
No Comments
बागमती बचाऔं बृहत बृक्षारोपण कार्यक्रम

२०६६ भाद्र ५ गते बागमतीका मुहानमा पर्ने काठमाडौं जिल्लाको विभिन्न १२ स्थानमा बागमती बचाऔं बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भयो । यसरी बृक्षारोपण भएका क्षेत्रहरुमा साइट १ फिरफिरे डाँडा  डाँछी, साइट २  ढकाल गाउँ गागलफेदी ९, साइट ३ ठाडो पाखो गागलफेदी ७, साइट ४ कपन टापु डाँडा कपन ४, साइट ५ भन्ज्याङ, कपन ६ र ७, साइट ६ चन डाँडा कपन ७, साइट ७ आइतवारे चिस्सेनी पाखा विष्णु बूढानिलकण्ठ, साइट ८ नाइडोल गोकर्णेश्वर ७, साइट ९ भगवतीस्थान गोकर्णेश्वर ६, साइट १० वालसुधार उमावि नयाँपाटी ६, साइट ११ रातोमाटे डाँडा कपन ६ र ७ र साइट १२ चुनीखेल भद्रकाली ८ र ९ रहेका छन् । यी साइटहरुमा क्रमश ः सम्माननीय राष्ट्रपति डा. रामवरण यादव, सम्माननीय प्रधानन्यायधीश श्री मीनबहादुर रायमाझी, सम्माननीय संविधानसभाका अध्यक्ष श्री सुवाषचन्द्र नेम्वाङ, माननीय कार्यबाहक प्रधानमन्त्री श्री विजयकुमार गच्छेदार, नेपाली काँग्रेसका उपसभापति माननीय श्री रामचन्द्र पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी तथा लेनीनबादीका महासचिव श्री इश्वर पोखरेल, एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता माननीय दीननाथ शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति शम्शेर जवरा, नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री शेरबहादुर देउवा, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी तथा लेनीनबादीका महासचिव श्री चन्द्रपकाश मैनाली र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननीय श्री सूर्यबहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । गृह मन्त्री माननीय श्र िभीम बहादुर रावल, वन तथा भू संरक्षण मन्त्री माननीय श्री दिपक बोहरा र वातावरण मन्त्री माननीय श्री ठाकुर शर्मा भने साइट १ मा हुनुहुन्थ्यो ।

Continue Reading »
No Comments

श्रावण २४, २०६६ । इमाडोल गा.वि.स. ललितपुरमा अवस्थित २५ रोपनी जग्गामा पैmलिएको बोजे पोखरी र शिव मन्दिरको परिसरमा रुद्राक्ष, अमला, अम्वा, असारे कल्की, धुपी सल्ला, कपूर, ज्याक¥याण्डा, क्रिटोमेरिया, चाप लगायतका २०० विरुवाहरु रोपण गरी भव्य रुपमा ३६ औं भू संरक्षण दिवस मनाइयो । उक्त समारोहमा प्रमुख अतिथि एवं वन तथा भू संरक्षण मन्त्रालयका नि. सचिव श्री माधवप्रसाद आचार्य र वोजे पोखरी संरक्षण उपभोक्ता समूहका अध्यक्ष एवं कार्यक्रमका समेत अध्यक्ष श्री रामकेशरी के.सी ले संयूक्त रुपमा शिव मन्दिरको नजिक दुई गोटा रुद्राक्षका विरुवा रोपी उद्घाटन गर्नु भयो । समारोहमा ललितपुर जिल्ला भू संरक्षण कार्यालयका प्रमुख डा. श्यामनन्दन मण्डलले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । समारोहमा मन्तव्य व्यक्त गर्नु हुनेहरुमा भू तथा जलाधार संरक्षण विभागका नि. महानिर्देशक श्री  प्रकाश माथेमा, भू.पू. महानिर्देशक द्वय श्री मनमोहन ध्वज जोशी र श्री सुशील भट्टराई,  वन तथा भू संरक्षण मन्त्रालयका नि. सचिव श्री माधवप्रसाद आचार्य र बोजे पोखरी संरक्षण उपभोक्ता समूहका अध्यक्ष एवं  कार्यक्रमका समेत अध्यक्ष श्री रामकेशरी के.सी हुनुहुन्थ्यो । समारोहमा धन्यवाद ज्ञापन गर्दै काठमाडौ जिल्ला भू संरक्षण कार्यालयका प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले बोजे पोखरीलाई नाम अनुसारकै सार्थक बनाउनु पर्ने कुरामा स्थानीय जनता सक्रिय रहनु पर्ने बताउनु भयो । कार्यक्रमको उदघोषण ललितपुरका सहायक भू संरक्षण अधिकृत श्री रामहरि पन्थले गर्नु भएको थियो ।

उक्त समारोहमा मन्त्रालयका सहसचिवहरु श्री जगन्नाथ कोइराला, श्री सुर्य प्रसाद जोशी, डा. अन्नपूर्णनन्द दास समेत उपस्थित हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमको आयोजना बोजे पोखरी संरक्षण उपभोक्ता समूह, जि.भू.सं.का. ललितपुर, जि.भू.सं.का. काठमाडौं र भू तथा जलाधार संरक्षण विभागले संयुक्त रुपमा गरेका थिए ।

 ३६ सौं भू संरक्षण दिवस समारोह मनाउने सिलसिलामा २०६६।४।२३ गते जिल्ला भू संरक्षण कार्यालय काठमाडौंले उपत्यकाका केही मा.वि. र उमावि बीच संरक्षण कविता तथा संरक्षण हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । उक्त कार्यक्रममा काठमाडौंका ५ र ललितपुर १ गरी ६ विद्यालयहरुका शिक्षक शिक्षिका  विद्यार्थीहरु सहभागी थिए । सहभागी विद्यालयहरु हुन् ः श्री बालविकास उमावि साङ्ला, श्री जितपुर मावि जितपुर, श्री प्रभात उमावि थानकोट, श्री गणेश उमावि चपली श्री बुढानिलकण्ठ आश्रम उमावि नारायणस्थान र श्री गम्भीर समूद्र सेतु उमावि इमाडोल ।

उक्त प्रतियोगिताहरुमा संरक्षण कविता तर्पm श्री प्रभात मा.वि. थानकोटका श्री राम थिङ प्रथम, श्री साङला बालकुमारी उमावि साङ्लाका सुश्री दिपा के.सी. द्धितिय र श्री गम्भीर समुद्र सेतु उमावि इमाडोलका सुश्री सिता थापा तृतीय भएका थिए ।

यसरी नै संरक्षण हाजिर जवाफ प्रतियोगितामा श्री प्रभात उमावि थानकोटका श्री आशिष तमाङ र सुश्री गंगा पाण्डेको टोली प्रथम, श्री बूढानिलकण्ठ आश्रम उमावि नारायणस्थानका श्री मनोज भण्डारी र सुश्री रविना मल्लको टोली द्धितीय, श्री गणेश उमावि चपलीका श्री प्रकाश श्रेष्ठ र सुश्री दीपा तमाङको टोली तृतीय र श्री गम्भीर समूह सेतु उमावि इमाडोलका श्री रत्न बर्देवा र सुश्री  विष्णु माया घिसिङको टोलीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार वितरण भू तथा जलाधार संरक्षण विभागका नि. महानिर्देशक श्री प्रकाश माथेमा र जि.भू सं.का. काठमाडौंका प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले संयुक्त रुपमा प्रदान गरेका थिए ।

Continue Reading »
No Comments
कथा : ऊ कस्तो मान्छे ?

ऊ कस्तो मान्छे ?

ठाउँ–ठाउँमा पिच भत्किएको नागबेली सडक बेबारिसे अवस्थामा फालिएको मैलो र झुत्रो पटुकाजस्तै देखिन्छ । सडक छेउबाट सेती नदीको सुसेली प्रष्ट सुुनिन्छ । शीतल हावाको झोँक्कासँगै मौसमी तातोपनको हपहपी केही कम भएको महशुस हुन्छ ।
साँझको बेला थियो क्यार, एउटा खैरो रङको माइक्रोबस अनियन्त्रित गतिमा पूर्वतिर हुइंकियो । सुनसान सडक छेउको आकाश धुलाम्य भयो । धूलोको बाक्लो पर्दाभित्र सन्नाटा चिर्दै मानव पीडाको अनौठो चित्कार सुनियो । पक्कै त्यो सडक किनारमा केही गडबड भएको हुनुपर्छ । ऊ साँझ–बिहान हिँड्ने सडक छेउमै यो घटना भएको थियो ।

समयले उसलाई नबुझेको हो कि उसले समयलाई नबुझेको हो ,अहिल्यै निर्णय दिन सक्नेस्थिति देखिदैन । उसलाई सामान्यरुपमा चिन्नेहरु यही कुरा बारम्बार दोहो¥याउँछन् । तर समयले कसैलाई चिन्ने कुरा त हुँदै भएन । आफूले पो समयलाई चिन्ने हो । यो कुरा उसले नबुझेको पनि होइन, किनकी समयको अग्रगामी गतिमा मानिसले आफूलाई गतिलैसँग ढाल्नुपर्छ भन्ने पाठ उसले धेरैलाई पढाइ सकेको छ । नत्र जीवन र जगतको परिवर्तन असम्भव भन्ने सत्य पनि उसले धेरैलाई बुझाइ सकेको हो । तर आफू स्वयम् समयको चक्रव्यूहमा फँसेको कुरा भने उसले पत्तो पाउन सकेन । यो नै उसको ठूलो कमजोरी थियो कि….।

Continue Reading »
2 Comments