Copyright © 2010 shyam's blog by Ashesh | Login
News
अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट बागमती अञ्चलका आठ साहित्यिक स्रष्टाहरु सम्मानित
बनेपा, कार्तिक २० । महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोहको सन्दर्भ पारेर अलिमियाँ लोक बाङमय प्रतिष्ठान पोखराले बागमती अञ्चलका आठ साहित्यिक एवं साँस्कृतिक स्रष्टाहरुलाई सम्मान गरेको छ ।
“जनमत” बाटिकाको संयोजनमा बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा लोक गायिका श्रीमती हरिदेवी कोइरालाले अलिमियाँ लोक बाङमय प्रतिष्ठानको परिचय दिनु भएको थियो भने कार्यक्रमका संयोजक एवं जनमतका प्रधान सम्पादक श्री मोहन दुवालले सम्मानित आठ जना स्रष्टाहरुको परिचय दिनु भएको थियो । त्यसपछि सम्मानित स्रष्टाहरुले पनि आआफ्ना गीत कविता सहित मन्तब्य दिएका थिए । समारोहका अर्का आकर्षक लोक गायक श्री राजु परियारले अलिमियाँले रच्नु भएको एक गीत गाउनु भयो भने बनेपाकै लोक गायक श्री मच्छेश्वर सापकोटाले ब्यंगात्मक कविता तथा गीतहरु पस्कनु भयो ।
समारोहका प्रमुख अतिथि तथा नेपाली स्रस्कृतविद् श्री हरिराम जोशीबाट सम्मानित आठ स्रष्टाहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो भने अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष एवं अलिमियाँका जेष्ठ सुपुत्र श्री हनिफ मियाँले खादा तथा सयपत्री फूलको माला लगाई स्रष्टाहरुको सम्मान गर्नु भएको थियो । उक्त समारोहमा पोखराबाट प्रकाशित हुने गरेको राष्ट्रिय दैनिक आदर्श समाजका प्रधान सम्पादक श्री कृष्णप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम संचालन÷उदघोषण जनमतका सम्पादक श्री रामसुन्दर देउजाले गर्नु भएको थियो । समोहका सभापति तथा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष श्री हनिफ मियाँले आफ्ना पिता श्री अलिमियाँको लोक साहित्यमा रहेको अनुराग र लगाव बारे रोचक कवितामय प्रस्तुति मार्फत उपस्थित सवैलाई जानकारी गराउँदै कार्यक्रमको समापन गर्नु भएको थियो । श्री हनिफ मियाँले बनेपाका केही संघसंस्थाहरुलाई अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट प्रकाशित भएका केही पुस्तकहरु एपहार समेत दिनु भएको थियो । आयेजकले कार्यक्रम संचालन हुनु अघि बनेपा भिलेज रिसोर्टमा दिवा खाना र समापन पछि खाजाको पनि राम्रो ब्यवस्था गरेको थियो ।
सम्मानित स्रष्टाहरु ह्ुनुहुन्थ्यो ः श्री तेजेश्वर वावु ग्वंग, भक्तपुर, श्री नरेन्द्र बहादुर श्रेष्ठ, काठमाडौं, प्रा. डा. श्रीमती सुष्मा लुईटेल आचार्य, ललितपुर, श्री श्यामसुन्दर श्रेष्ठ, रसुवा, श्री आरएम डंगोल, नुवाकोट, श्री छविरमण सिलवाल, काभ्रे, श्री त्रिलोचन आचार्य, सिन्धुपाल्चोक, श्रीमती सुविसुधा आचार्य, धादिङ । यसरी हालसम्म यो सम्मान पाउने बागमती अञ्चलका आठ जना सहित १४ अञ्चल ७५ जिल्लाका गरी जम्मा १२९ जना पुगेको कुरा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्षले जानकारी गराउनु भएको थियो । यो सम्मान बागमती अञ्चलमा सवभन्दा अन्त्यमा वितरण गरेको रहेछ ।
Continue Reading »अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट बागमती अञ्चलका आठ साहित्यिक स्रष्टाहरु सम्मानित
बनेपा, कार्तिक २० । महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोहको सन्दर्भ पारेर अलिमियाँ लोक बाङमय प्रतिष्ठान पोखराले बागमती अञ्चलका आठ साहित्यिक एवं साँस्कृतिक स्रष्टाहरुलाई सम्मान गरेको छ ।
“जनमत” बाटिकाको संयोजनमा बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा लोक गायिका श्रीमती हरिदेवी कोइरालाले अलिमियाँ लोक बाङमय प्रतिष्ठानको परिचय दिनु भएको थियो भने कार्यक्रमका संयोजक एवं जनमतका प्रधान सम्पादक श्री मोहन दुवालले सम्मानित आठ जना स्रष्टाहरुको परिचय दिनु भएको थियो । त्यसपछि सम्मानित स्रष्टाहरुले पनि आआफ्ना गीत कविता सहित मन्तब्य दिएका थिए । समारोहका अर्का आकर्षक लोक गायक श्री राजु परियारले अलिमियाँले रच्नु भएको एक गीत गाउनु भयो भने बनेपाकै लोक गायक श्री मच्छेश्वर सापकोटाले ब्यंगात्मक कविता तथा गीतहरु पस्कनु भयो ।
Continue Reading »श्रावण २४, २०६६ । इमाडोल गा.वि.स. ललितपुरमा अवस्थित २५ रोपनी जग्गामा पैmलिएको बोजे पोखरी र शिव मन्दिरको परिसरमा रुद्राक्ष, अमला, अम्वा, असारे कल्की, धुपी सल्ला, कपूर, ज्याक¥याण्डा, क्रिटोमेरिया, चाप लगायतका २०० विरुवाहरु रोपण गरी भव्य रुपमा ३६ औं भू संरक्षण दिवस मनाइयो । उक्त समारोहमा प्रमुख अतिथि एवं वन तथा भू संरक्षण मन्त्रालयका नि. सचिव श्री माधवप्रसाद आचार्य र वोजे पोखरी संरक्षण उपभोक्ता समूहका अध्यक्ष एवं कार्यक्रमका समेत अध्यक्ष श्री रामकेशरी के.सी ले संयूक्त रुपमा शिव मन्दिरको नजिक दुई गोटा रुद्राक्षका विरुवा रोपी उद्घाटन गर्नु भयो । समारोहमा ललितपुर जिल्ला भू संरक्षण कार्यालयका प्रमुख डा. श्यामनन्दन मण्डलले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । समारोहमा मन्तव्य व्यक्त गर्नु हुनेहरुमा भू तथा जलाधार संरक्षण विभागका नि. महानिर्देशक श्री प्रकाश माथेमा, भू.पू. महानिर्देशक द्वय श्री मनमोहन ध्वज जोशी र श्री सुशील भट्टराई, वन तथा भू संरक्षण मन्त्रालयका नि. सचिव श्री माधवप्रसाद आचार्य र बोजे पोखरी संरक्षण उपभोक्ता समूहका अध्यक्ष एवं कार्यक्रमका समेत अध्यक्ष श्री रामकेशरी के.सी हुनुहुन्थ्यो । समारोहमा धन्यवाद ज्ञापन गर्दै काठमाडौ जिल्ला भू संरक्षण कार्यालयका प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले बोजे पोखरीलाई नाम अनुसारकै सार्थक बनाउनु पर्ने कुरामा स्थानीय जनता सक्रिय रहनु पर्ने बताउनु भयो । कार्यक्रमको उदघोषण ललितपुरका सहायक भू संरक्षण अधिकृत श्री रामहरि पन्थले गर्नु भएको थियो ।
उक्त समारोहमा मन्त्रालयका सहसचिवहरु श्री जगन्नाथ कोइराला, श्री सुर्य प्रसाद जोशी, डा. अन्नपूर्णनन्द दास समेत उपस्थित हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको आयोजना बोजे पोखरी संरक्षण उपभोक्ता समूह, जि.भू.सं.का. ललितपुर, जि.भू.सं.का. काठमाडौं र भू तथा जलाधार संरक्षण विभागले संयुक्त रुपमा गरेका थिए ।
३६ सौं भू संरक्षण दिवस समारोह मनाउने सिलसिलामा २०६६।४।२३ गते जिल्ला भू संरक्षण कार्यालय काठमाडौंले उपत्यकाका केही मा.वि. र उमावि बीच संरक्षण कविता तथा संरक्षण हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । उक्त कार्यक्रममा काठमाडौंका ५ र ललितपुर १ गरी ६ विद्यालयहरुका शिक्षक शिक्षिका विद्यार्थीहरु सहभागी थिए । सहभागी विद्यालयहरु हुन् ः श्री बालविकास उमावि साङ्ला, श्री जितपुर मावि जितपुर, श्री प्रभात उमावि थानकोट, श्री गणेश उमावि चपली श्री बुढानिलकण्ठ आश्रम उमावि नारायणस्थान र श्री गम्भीर समूद्र सेतु उमावि इमाडोल ।
उक्त प्रतियोगिताहरुमा संरक्षण कविता तर्पm श्री प्रभात मा.वि. थानकोटका श्री राम थिङ प्रथम, श्री साङला बालकुमारी उमावि साङ्लाका सुश्री दिपा के.सी. द्धितिय र श्री गम्भीर समुद्र सेतु उमावि इमाडोलका सुश्री सिता थापा तृतीय भएका थिए ।
यसरी नै संरक्षण हाजिर जवाफ प्रतियोगितामा श्री प्रभात उमावि थानकोटका श्री आशिष तमाङ र सुश्री गंगा पाण्डेको टोली प्रथम, श्री बूढानिलकण्ठ आश्रम उमावि नारायणस्थानका श्री मनोज भण्डारी र सुश्री रविना मल्लको टोली द्धितीय, श्री गणेश उमावि चपलीका श्री प्रकाश श्रेष्ठ र सुश्री दीपा तमाङको टोली तृतीय र श्री गम्भीर समूह सेतु उमावि इमाडोलका श्री रत्न बर्देवा र सुश्री विष्णु माया घिसिङको टोलीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार वितरण भू तथा जलाधार संरक्षण विभागका नि. महानिर्देशक श्री प्रकाश माथेमा र जि.भू सं.का. काठमाडौंका प्रमुख श्री श्यामसुन्दर श्रेष्ठले संयुक्त रुपमा प्रदान गरेका थिए ।
Continue Reading »