Copyright © 2010 shyam's blog by Ashesh | Login
विविध
पुस्तक समीक्षा : जीवन र मृत्युको सन्दर्भमा
डा. सौरभ आचार्य
सन्दर्भ जीवन र मृत्युको हो, र सन्दर्भ कवि श्यामसुन्दर श्रेष्ठको हालसालै प्रकाशित कविता संग्रहको हो । यदि जीवनलाई तन्किएको वाद्ययन्त्रको तारसँग तुुलना गर्ने हो भने हामी हाम्रो नियतिको दुई टुङ्गो बिच त्यसरी नै तन्किएको हुन्छौ, र विविध भावका जीवन संगित प्रवाह गरिरहेका हुन्छौं । यस्तै कुनै महान् आयोजना बिच च्वाट्ट चुँडिन्छ जीवनको तार । एकछिनको स्तब्धता, अनि संसार फेरि पुरानै क्रममा चलिरहन्छ । तर महत्व कुन कुराले राख्छ भने आफ्नो धुुनले कति जनाको ह्रदय छुन सक्यौं, कतिका संवेदनाहरुमा तरंगित हुन सक्यौं । कवि श्यामसुन्दरको सुन्दर जीवनको एउटा मधुर धुनको रुपमा आएको छ, यो कविता संग्रह “जीवन र मृत्युको संदर्भमा” ।
सबै जसो कविताहरु आजभन्दा दुई दशक पहिले लेखिएका छन्, तर भावहरु भने उत्तिकै शाश्वत लाग्छन् आज पनि । मृत्युलाई पनि जीवन जतिकै महान् सत्यका रुपमा स्वीकारेका छन् कविले, र यही चेतनाले नै उनलाई जीवनका प्रत्येक क्षणहरुमा अन्धकारबाट उज्यालोतिरको यात्रामा प्रेरित गरिरहेको देखिन्छ । हरेक बाँच्नुमा बाँच्नुको सार्थकता खोजिएको छ कविताहरुमा ।
हामी युगको अत्यन्त महत्वपूर्ण बिन्दुमा छौं । आज नयाँ देश बनाउने संपूर्ण अभिभार हाम्रो काँधमा छ । क्रान्तिको श्रृंखला सकिएको छैन, बास्तविक अर्थमा कठिन यात्रा बल्ल शुरु भएको छ । अटुट साहस, र अनवरत जोशले रक्तसिंचित हुनु पर्दछ हामी नेपालीे र मात्र नयाँ नेपालको सुन्दर सपनाले सजीव आकार लिएको हामी पाउने छौं । र कविले भने जस्तै “त्यो अवश्य ल्याइने छ”, मुक्तिको राँको दन्किएपछि हठात् अन्त भएको रात पछिको झिसमिसमा हामी छौ, र सुन्दर विभेद रहित मुक्त दिनबाट धेरै टाढा छैनौं ।
Continue Reading »“प्रतिष्ठानको शान, स्रस्टाको सम्मान”
अम्बिका प्रसाद भट्टराई
संस्कृत विद्यापीठ पोखरा
दुनियाँमा विभिन्न अभियान उद्देश्य र लक्ष्यका साथ खोलिएका संघसंस्थाहरु लाखौं लाख होलान् र छन् । ती संस्थाहरुले आफ्ना उद्देश्य अनुरुप कति–कति काम गरेका छन् या छैनन् मनन्कै विषय हुन् । सस्तै विशेष उद्देश्यका साथ पोखरामा खोलिएको एउटा संस्था हो “अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान” २०६५ साल महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेको ९९ वर्ष पूरा भै १०० वर्षमा प्रवेश वर्ष पनि हो । राजधानी र मोफसलका साहित्यिक संघसंस्थाले आ–आफ्ना तबरबाट वर्षभरि नै विविध कार्यक्रमका साथ देवकोटालाई मात्र सम्झेनन् सम्झे राष्ट्रका विविध क्षेत्रमा योगदान पु¥याएका राष्ट्र सेवक र समाजसेवी र सत्यलाई पनि । पोखरामा पनि यस्ता थुपै्र गतिविधिहरु २०६५÷०६६ मा गत कार्तिकदेखि यस वर्षको कार्तिकसम्म भैरहे । २०६५ साल कार्तिकतिर पोखरामा पोखराभरिका साहित्यिक संघसंस्थाको भेला गराएर साहित्यकार सरुभक्त श्रेष्ठको अध्यक्षतामा सयौं साहित्यकारहरु रहेको समितिले यो देवकोटाको शताब्दी वर्ष विविध कार्यक्रममा साथ गर्ने अभियान प्रारम्भ भयो, जसमध्ये पोखरेली समाज र राष्ट्रमै परिचित भैसकेको स्व. लोककवि अलिमियाँका नाममा स्थापित “अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान” ले एउटा अठोट ग¥यो त्यो थियो प्रतिष्ठानबाट ५ विकासक्षेत्रमा चौधै अञ्चलका विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रस्टालाई सम्मान कार्यक्रम । प्रतिष्ठानको ०६५।८।७ गतेको कार्यकारिणी समितिको निर्णयअनुसार देशका पाँचै विकासक्षेत्र, १४ अञ्चल र विभिन्न जिल्लाहरुमा गएर साहित्यिक सद्भावका साथ कार्यक्रम र साहित्यिक स्रस्टाहरुलाई सम्मान गर्ने अठोटका साथ समितिका पदाधिकारी र केही सहयोगीका साथ अभियानमा निस्के लोककविका सुपुत्र हनिफमियाँ, देशको राजनैतिक परिस्थिति, भौगोलिक, निकटता र अन्य संकटका साथ साथै आर्थिक दुरावस्थाका साथ यो अग्नि परीक्षामा आज हनिफमियाँ सफलताका साथ उत्रेका छन् जसको मूल्याङ्कन लोकले अध्ययन गर्ला । वाङ्मय प्रतिष्ठानका सभापति आफ्नो अभियानमा मिति २०६५ साल मार्ग १३ गतेबाट शुभारम्भ गर्नका लागि नारायणी अञ्चल चितवन पुगे साहित्यकार प्रेमनन्दन श्रेष्ठलाई सम्मान गर्न । यो क्रम मिति २०६५।८।१७ गते फेरि धवलागिरी अञ्चलतर्फ लाग्यो । त्यहाँ साहित्यकार काजि रोशन श्रेष्ठलाई भव्य समारोहका बीच सम्मानमा परिणत भयो । मिति २०६५।८।२७ गते एक विदेशी दाता महामना जे.वि. क्रसलाई पोखरा नयाँ गाउँमा सम्मान गर्न पुग्यो प्रतिष्ठान, क्रस इङल्याण्डका नागरिक हुन् र एक समाजसेवी अब भने प्रतिष्ठानले सम्मानको दायरा फराकिलो पार्दै मिति २०६५।९।१५ गते
Continue Reading »