Copyright © 2010 shyam's blog by Ashesh | Login
कविता
बृक्षारोपण
रचना ः श्यामसुन्दर श्रेष्ठ सहृदयी
चाल्नाखेलको विरुवा चुन्नीखेलमा लगियो ।
बाँच्ने हो कि होइन रोप्न चाहिं रोपियो ।।१।।
एक फिटको प्वाकल खनी माटो त्यहीं पुरियो ।
बालुवा झैं माटो रैछ मन त्यसै तुरियो ।।२।।
तारबार पनि चाहिन्छ विरुवा रोप्ने ठाउँमा ।
जतासुकै फोहरैफोहर देखिन्छ त्यो गाउँमा ।।३।।
राजधानीको नजिक पनि गाउँ अति बिकट छ ।
देख्दा लाग्छ यो ठाउँमा विकास धेरै टाढा छ ।।४।।
पोखरी पनि खनियो अतिथि स्थल छानियो ।
युवाहरुको जोश जाँगर अति राम्रो मानियो ।।५।।
रमाइलो लाग्यो मलाई यो दिन यो ठाउँ ।
विकास हुन्छ अवश्य नै मिले सवै यो गाउँ ।।६।।
२०६६।५।१ काठमाडौं ।
Continue Reading »नजिकबाट टाढा देखिने
टाढाबाट नजिक देखिने
विशालताको द्योतक हो हिमाल ।
सेतो स्वच्छ हिमाली भेगतिर
बसन्त ऋतुमा फुल्ने
पवित्रताको उपमा हो चिमाल ।।१।।
हिमालको काखमा अवस्थित
नेपालकै पवित्र तीर्थस्थल
उपकारको द्योतक हो गोसाईकुण्ड ।
तर यही विशालता, पवित्रता
र उपकारको नजिक रहेका हुन्छन्
नाफाखोर, भ्रष्ट र दुष्ट षण्डमुण्ड ।।२।।
२०६४।५।१२
सहृदयी श्रेष्ठ (पासाङ), चन्दनबारी (सिङगुम्बा), रसुवा